यू-१९ विश्वकप छनोटमा नेपाललाई धक्का

बैशाख १ – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल पराजित भएको छ । बर्षाको कारण प्रभावित भएको खेलसमा नेपाल यूएईसँग डीएल मेथडका आधारमा १ रनले पराजित भयो । यो हारले नेपाललाई विश्वकप छनोटमा धक्का लागेको छ ।
नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन जोड्दा वर्षा भएको थियो । बर्षाको कारण खेल रोकिएको थियो । लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।
त्यस अघी नेपालले खराब सुरुवात गरेको थियो । स्कोर बोर्डमा २२ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि चौहान र भीम सार्कीले नेपालको इनिङ उकासे । हरि र भिम बिच छैटौं विकेटका लागि ९२ रनको साझेदारी भएको थियो । हरिले ७५ बलको सामना गर्दै ७ चौकाको मदतले नटआउट ६७ रन जोडे भने भीमले ५४ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाए । यस्तै रित गौतमले ४४ रन बनाए ।तर, डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो ।


६ देशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष टोली यू-१९ विश्पकपमा पुग्नेछ । सबै देशले २-२ खेल खेल्दा कुवेत र ओमानको समान ४-४ अंक छ भने नेपालको र ओमानको २-२ अंक छ । मलेसिया र सिंगापुर भने अंकबिहीन छन् ।
तपाइँको प्रतिक्रिया