मातृभूमि कपमा नेपाल ‘बी’ र कलाकार ‘ए’ बिजयी

काठमाडौं, बैशाख १ – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ सम्पन्न मातृभूमि कप क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहको नेपाल ‘बी’ले बिजयी भएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोग जुटाउने उद्देश्यले शनिबार त्रिवि मैदान कीर्तिपुरमा कलाकार ए र बी तथा नेपाल ए र बी बीच च्यारिटी खेल भएको थियो ।
खेलमा राष्ट्रिय टोलीका उपकप्तान मल्लको कप्तानीमा रहेको नेपाल बी ले राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारस खड्काको नेतृत्वमा रहेको नेपाल ए लाई २४ रनले पराजित गर्यो ।नेपाल बी ले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपाल ए २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२० रनमै सिमित भयो ।
नेपाल ए का लागि अनिलकुमार शाहले ४१ तथा शरद भेषावकर २७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।नेपाल बी का सुसन भारीले ४ विकेट लिए भने करण केसी, दिपेन्द्र सिंह ऐरि र जितेन्द्र मुखियाले १/१ विकेट हात पारे ।


त्यस अघी पहिले ब्याटिङ गरेको नेपाल ‘बी’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४४ रन बनाएको थियो । उसका लागि प्रदिप ऐरीले ४६ रन बनाए भने बिनोद भण्डारीले ३०, राजु रिजालले २० र दिपेन्ऽ सिंह ऐरीले १८ रनको योगदान दिए ।नेपाल ए का भुवन कार्कीले २ विकेट लिँदा सोमपाल कामी, शरद भेषावकर र अभिनाष बोहराले १/१ विकेट लिए ।
त्यस्तै कलाकारहरुको खेलमा मदनकृष्ण श्रेष्ठ नेतृत्वको कलाकार ए ले कलाकार बी लाई पराजित गर्यो । कलाकार ए ले बी लाई ५ रनले पराजित गरेको हो ।पहिले ब्याटिङ गरेको कलाकार ‘ए ले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । उसका लागि कुमार कट्टेलले २९ रन बनाए भने हेम राज बिसीले १३ रन बनाए ।
जवाफमा ७७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको सुनिल थापा कप्तान रहेको कलाकार ‘बी’ ले ५ विकेट गुमाएर ७१ रन मात्र बनाए पछी ए ५ रनले बिजयी भएको हो । उसका लागि विरेन्द्र हमालले २० तथा मिराजन प्रधानले १० रन बनाए ।
तपाइँको प्रतिक्रिया