रानाको म्यूजिक भिडियो ‘झुटो होईन’ आईतबार सार्वजनिक गरिंँदै

भरतपुर, चैत्र ३० । आभास रानाको निर्देशन रहेको म्यूजिक भिडियो ‘झुटो होईन’ भन्ने बोलको गीत आईतबार सार्वजनिक गरिदै छ । नयांँबर्षको अवसर पारेर गायक अनिल राईको स्वर रहेको ‘झुटो होईन, तिम्रो मान्छे म भाग २,’ बोलको गीत सार्वजनिक गरिने भएको हो । शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी निर्माणपक्षले यसबारेमा जानकारी दिएको हो ।
सुबोध श्रेष्ठले सम्पादन गर्नुभएको यस म्युजिक भिडीयोमा मुख्य कलाकारहरु आर्यन क्षेत्री र सुकु गर्बुजा रहनुभएको छ । यस्तै अन्य कलाकारहरुमा मन्दीप गुरुङ, प्रशान्त अधिकारी, जेन्नी घमाल, शंकर निर्देश, विजय तामाङ लगायतले अभिनय गर्नुभएको छ ।
भिडियोको छायांकन आभास राना, शंकर निर्देश र सुनिल लामाले गर्नुभएको छ । करीब ७० हजारको लागतमा निर्माण गरिएको सो म्यूजिक भिडियो चितवन र नवलपरासीका विभिन्न ठाउँमा छायांकन गरिएको निर्देशक रानाले जानकारी दिनुभयो ।
फरक बिषयवस्तुमा तयार पारिएको यस म्यूजिक भिडियोले दर्शकको मन सजिलै जित्ने अपेक्षा गरिएको छ ।
तपाइँको प्रतिक्रिया