पुर्वेली समाज चितवनद्धारा शुभकामना आदानप्रदान तथा भित्तपात्रे विमोचन

चैत्र ३०, चितवन –
पुर्वेली समाज चितवनले नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ । समाजले शनिबार भरतपुरमा एक कार्यक्रम गरी शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालीका १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वाले नयाँ वर्षको शुभकामना दिदै हरेक व्यक्ति समाजसेवी बन्नुपर्ने बताउनुभएको छ । हरेक व्यक्ति कुनै नै कुनै माध्यमबाट समाजसेवामा लाग्नुपर्नेमा जोड दिदै कन्दङ्वाले समाजसेवाबाटै समाज परिवर्तन हुने बताउनुभयो ।
समृद्धिका लागी नयाँ सोचका साथ अघि बढ्नुपर्ने भन्दै अध्यक्ष कन्द«्वाले थप्नुभयो व्यक्तिगत, साङ्गाठानीक, राजनीतिक स्वार्थ भन्दा माथी उठेर सवै जना सामाजिक काममा अग्रसर बन्नुपर्छ । विभिन्न पेसा, व्यवसायमा लागेका व्यक्तिले आआप्mनो क्षेत्रमा सुधार गरे मुलुक परिवर्तन गर्न धेरै समय नलाग्ने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र कुमार गिरीले आप्mनो घर पनि पुर्वको ईलाम रहेकाले पुर्वेली समाज चितवनले सवैको भावना जोड्नेकाम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
समाजका सल्लाहाकार पदम बहादुर गुरुङले ईलामबाट चितवन आएर स्थापित हुन निक्कै संघर्ष गर्नुपरेको भन्दै समस्या आईपर्दा धैर्यवन बन्नुपर्ने बताउनुभयो । यम प्रसाद सर्माले एक ठाँउबाट अर्को ठाँउमा गएर घुल्न सजिलो नभए पनि नेपालीविचको अन्तरघुलन आवश्यक रहेकोमा जोड दिनुभयो ।
पुर्वबाट पढाईका सिलसिलामा चितवन आएर प्रेरणा बोर्डीङ खोलेका समाजका संस्थापक तेज प्रसाद चुडालले आन्तरीक बसाईसराईले भाषा, धर्म, संस्कृति पनि आदानप्रदान हुने बताउनुभयो । कार्यक्रममा झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सुनसरी, मोरङ लगायत पुर्वका विभिन्न जिल्लाबाट चितवनमा विभिन्न पेसा, व्यवसायमा आवद्ध रहेका व्यक्तिहरु साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
समाजले प्रकाशन गरेको नयाँ वर्षको भित्तेपात्रोमा पुर्वका चर्चित पाथिभरा, बुढासुव्वा, ईलामको मनोरम दृश्य लगायतका धार्मिक तथा पर्यटिकय स्थलको तस्विर राखिएका छन । भित्तेपात्रो मार्फत पुर्वको पर्यटन प्रवद्धनमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न चर्चित धार्मिक तथा पर्यटकिय स्थलको तस्विर प्रकाशन गरीएको समाजका सचिव पदम अ¥यालले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया