अफ्रिका कपको ‘ड्र’ सार्वजनिक

चैत्र ३० – आउदो जुन जुलाइमा आयोजना हुने अफ्रिका कप अप नेसन्सको ‘ड्र’ सार्वजनिक भएको छ ।जिजा प्लेटेउ कारियोमा शुक्रबार ‘ड्र’ सार्वजनिक भएको हो । सार्वजनिक ‘ड्र’ अनुसार आयोजक इजिप्ट कंगो, युगान्डा र जिम्वावे सम्मिलित समूह ‘ए’ मा परेको छ । आयोजक इजिप्ट तुलानात्मक रुपमा सजिलो समुहमा परेको छ ।
अफ्रिका कपमा माडागस्कार, ब्रुरुन्डी र अंगोलाले पहिलोपटक स्थान बनाउदा दुई वर्षअघि उच्च प्रदर्शन गरेका गावोन छनोट हुन असफल हुदा केन्याले १५ वर्षपछि तथा तान्जिनियाले १९८० पछि अफ्रिका कपमा पुनरागमन गरेका छन् ।
अफ्रिका कप अफ नेसन्समा २४ अफ्रिकी राष्ट्रहरु रहेका छन् । जुन २१ बाट जुलाई १९ सम्म चल्नेछ । २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्दा तेस्रो स्थानमा रहने चार शीर्ष टोलीले पनि दोस्रो चरणमा स्थान बनाउनेछ ।


समुह ‘ए’ – इजिप्ट, कंगो, युगान्डा र जिम्वावे
समूह ‘बी’ – नाइजेरिया, गिनिया, माडागस्कार र ब्रुरुन्डी
समूह ‘सी’ – सेनेगल, अल्जेरिया, केन्या र तान्जिनिया
समूह ‘डी’ – मोरोक्को, आइभोरी कोस्ट, दक्षिण अफ्रिका र नामिविया
समूह ‘ई’ – ट्युनिसिया, माली, मौरितानिया, अंगोला
समूह ‘एफ’ – क्यामरुन, घाना, बेनिन र गिनिया–बिसाउ
(एजेन्सी)
तपाइँको प्रतिक्रिया