धवनको सानदार प्रदर्शनको मद्दतमा दिल्ली बिजयी

चैत्र ३० – ओपनर शिखर धवनले सानदार पारी खेले पछी दिल्लीले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राती सम्पन्न खेलमा दिल्लीले कोलकतालाई ७ विकेटले पाखा लगायो ।
कोलकताले दिएको १७९ रनको लक्ष्य दिल्लीले ७ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा ओपनर धवन नायक बने । उनले नट आउट ९७ रन बनाए । धवन सतक बनाउनबाट मात्र ३ रनले पछी परे । ६३ बल खेलेका धवनले ११ चौका र २ छक्का प्रहार गरे ।
अर्का ओपनर पृथ्वी शव ७ बलमा २ छक्का सहित १४ रन बनाएर आउट भए । यस्तै कप्तान श्रेयस एेर ६ रन बनाएर आउट भए भने रिशब पन्त ४६ रनमा पेभिलियन फर्किए । रिशबले मात्र ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । ६ बलमा १ चौका र १ छक्का प्रहार गरेका कोलिन इङग्राम १४ रनमा नट आउट रहे । कोलकताका लागि नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १-१ विकेट हात पारे ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७८ रन बनाएको थियो । खराब शुरुवात गरेको कोलकताको इनिङ शुभम गिलले उकासे । कोलकताले पहिलो ओभरको पहिलो बलमा नै ओपनर जो डेनलीलाई गुमाएको थियो । शुभम गिलले ३९ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६५ रन बनाए ।
आन्द्रे रसेलले ४५ तथा रविन उथप्पाले २८ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन खस्सै जम्न सकेन । दिल्लीका क्रिस मोरिस, कागिसो राबडा र कीमो पउलले समान २-२ विकेट लिए भने इशान्त शर्माले पनि १ विकेट हात पारे । जित पछी दिल्ली तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
तपाइँको प्रतिक्रिया