सरकारविरुद्ध युवाहरुलाई उत्रिन कांग्रेस सभापति देउवाको आग्रह
चैत्र २९,काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा÷विद्यार्थीहरुलाई आह्वान गरेका छन्।
सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे।
शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘संवैधानिक परिषदको बैठक बोलाएर सरकारले संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय गर्यो। यो त एकतन्त्री शासन सत्ता जस्तो भयो।अब युवाहरुको आन्दोलनको विकल्प छैन ‘
प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै उनले आफू नआउने पत्राचार प्रधानमन्त्री ओलीलाई गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा
आपत्ति जनाए।
सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। देशसञ्चार
तपाइँको प्रतिक्रिया