चलचित्र ‘दालभात तरकारी’ को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)
महसञ्चारले निर्माण गरेको प्रतिक्षीत चलचित्र ‘दालभात तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अमेरिका जानका लागि गरिएको दौडधुपलाई प्रस्तुत गरिएको छ । निरुता सिंह, हरिवंश आचार्यकी श्रीमती हुन्छिन् र उनी कुनै पनि हालतमा अमेरिका जाने पक्षमा हुन्छिन् ।
अमेरिका जान नेपालीहरु के सम्म गर्न सक्छन् भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ । चलचित्रको ट्रेलरमा कलाकार हरिवंश आचार्य र अभिनेतृ निरुता सिंहलाई विशेषरुपमा प्रस्तुत गरिएको छ ।चलचित्रको यस अघि सार्वजनिक गीतलाई दर्शकले रुचाएका छन् । चलचित्र प्रचार प्रसारका लागि ‘दालभात तरकारी’ युनिट देश दौडाहामा छ ।
चलचित्रलाई प्रस्तुकर्ता किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, बर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, शिशिर वाङ्देन, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रको आइटम गीत प्रियंका कार्कीलाई देख्न सकिन्छ।
मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् ।‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।शम्भुजित बाँस्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।चलचित्र बैशाख २० गते प्रदर्शनमा आउदैछ ।
तपाइँको प्रतिक्रिया