चितवन ट्राफिक प्रहरीको ध्यान म्याजीकतर्फ÷ ६५ वटा अनावश्यक मुडा हटायो

चितवन, चैत्र २९-
ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लामा सञ्चालीत म्याजीकबाट अनावश्यक मुडा हटाउने अभियान सुरु गरेको छ । शुक्रवार भरतपुर महानगरपालीका १० चौविसकोठीबाट अभियान सुरु गरेको हो ।
शुक्रवार विहान ८ बजेदेखि साढे ९ बजेसम्मको डेढ घण्टामा ट्राफिक प्रहरीले ६५ वटा अनावश्यक मुडा हटाएको छ । यो अभियानलाई जिल्लाका अन्य स्थानमा पनि निरन्तरता दिईने ट्राफिक प्रमुख चन्द्र गिरीले बताए ।



पहिलो चरणमा सिट क्षमता भन्दा बढी अनावश्यक राखेका म्याजीकका मुडा हटाएर सचेत गराईएको गिरीले बताए । गिरीले गल्ती गर्ने म्याजीकको नम्बर रेकर्ड राखेर कार्वाहि गरीने चेतावनी दिएका छन ।
म्याजीकले सिट क्षमता भन्दा बढी मुडा राख्ने, जहाँपायो त्यहि रोक्ने गर्दा दुर्घट्नाको जोखिम बढाएको गुनासो आएपछि म्याजिक केन्द्रित अभियान सुरु गरीएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया