बेन्फिका र भ्यालेन्सियाको सहज जित

चैत्र २९ – युइएफए युरोपा लिग फुटबलमा बेन्फिका र भ्यालेन्सियाले सहज जित हात परेका छन् । युरोपा लिग अन्तर्गत गए राती सम्पन्न क्वाटर फाइनलको पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा सिमित फ्रान्फर्टलाई ४-२ ले पराजित गरेको छ ।
बेन्फिका २० औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । इभान एन डिका सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिए पछी बेन्फिका १० खेलाडीमा सिमित भएको थियो । घरेलु मैदानमा भएको खेलमा बेन्फिकालाई जिताउन जोआओ फेलिकसले २१,४३ र ५४ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरे । यस्तै रुवेन डिएसले ५० औं मिनेटमा १ गोल गरे । पाहुना टोलीका लागि लुका जोबिकले ४० तथा गोन्कालो पासिन्सियाले ७२ औं मिनेटमा गोल गरे ।
गए राती नै सम्पन्न अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई ३-१ ले पराजित गरेको छ । भ्यालेन्सियाको जितमा गन्कलो गइडेसले छैटो र इन्जुरी समयमा गरी २ गोल गरे । यस्तै ड्यानियल वासले अन्तिम मिनेटमा गोल गरे । भिल्लारियलका लागि सान्टी कार्जाेलाले ३६ औं मिनेटमा गोल गरे ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया