ठिप्परको ठक्करबाट एक जनाको ज्यान गयो, स्थानियद्वारा टिप्परमा आगजनी

नुवाकोट, चैत्र २९ – ठिप्परको ठक्करबाट नुवाकोटको बट्टारमा एक जनाएको ज्यान गएको छ । शुक्रबार बिहान बट्टारबाट गङ्टेतर्फ जादै गरेको न ३३ प ३४६६ नम्बरको मोटारसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख २८९८ नम्बरको टिप्परले ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट विदुर नगरपालिका २ का दिवाकर खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटारसाइकलमा सवार मुना गुप्ता भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घटना पछी आक्रोसित बनका स्थानियले ठक्कर दिने टिप्परमा आगजनी गरेका छन् । यस्तै स्थानियले ठक्कर दिने टिप्परका चालकलाई कारबाही र मृतकको परिवारलाई उचित क्षेतीपुर्तीको माग गर्दै सडक अबरुद्द गरेक छन् ।


तपाइँको प्रतिक्रिया