युरोपा लिग : इंग्लिस क्लबहरु बिजयी

चैत्र २९ – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लबहरु आर्सनल र चेल्सी बिजयी भएका छन् । युरोपा लिग अन्तर्गत गए राती सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले नापोली तथा चेल्सीले स्लाभिया प्रागलाई पराजित गरेको छ ।
घरेलु मैदान इमिरेट्समा भएको खेलमा आर्सनलले इटालियन क्लब नापोलीलाई २-० ले पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा नापोलीले गोल गर्ने केही सुन्दर अवसर खेर फाल्दा नतिजा घरेलु टोलीलाई सुम्पन्न वाध्य भयो । आर्सनलले खेलको १४ औं मिनेटमा आरोन राम्सेको गोलबाट शुरुवाती अग्रता लिएको थियो ।
२५ औं मिनेटमा कलिडोउ कोउलीबालीले आत्माघाती गोल गरेपछी आर्सनलले अग्रता दोब्बर बनायो । बाँकी समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन सकेन र आर्सनल २-० ले बिजयी भयो । दोस्रो लेग अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।
यस्त्सी गए राती नै सम्पन्न अर्को खेलमा चेल्सीले स्लाभिया प्राग माथि संघर्षपूर्ण जित हात पारेको छ । प्रागको घरेलु मैदानमा भएको खेलमा चेल्सी १-० ले बिजयी भयो । बल पोसेसन राम्रै बनाए पनि गोलका लागि चेल्सीलाई अन्तिम सम्म पर्खनु परेको थियो । खेलको ८६ औं मिनेटमा मार्कोस एलेन्सोले गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो । दोस्रो खेल १९ अप्रिलमा चेल्सीको घरेलु मैदानमा हुनेछ । (एजेन्सी)
तपाइँको प्रतिक्रिया