प्रशिक्षणको क्रममा एकै क्लबका दुई खेलाडी बिच मुक्का हानाहान भए पछी

चैत्र २९ – खेलको क्रममा दुई टिमका खेलाडी बिच झगडा परेको त हामीले देख्दै आईरहेका छौ । फुटबलमा धेरै पटक दुई टोलीक खेलाडीहरु झगडा पर्ने गर्दछ । कहिले काही त झगडाले उग्र रुप नै लिन्छ र हानाहान नै चल्छ । तर एउटै क्लबका खेलाडीहरु बिच कुटाकुट त्यो पनि प्रशिक्षणको क्रममा । यो भने कमै मात्र देख्न पाईन्छ । यस्तै भएको छ जर्मन क्लब बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच ।
बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । त्यस पछी बिस्तारै उनीहरु बिच विवाद बढ्यो । बिबादले उग्र रुप लिए पछी दुई खेलाडीले एक अर्का माथि मुक्का बर्षाउन थाले । दुबै खेलाडीले एक अर्काको अनुहारमा मुक्का प्रहार गरे ।दुई खेलाडीबीच झगडाले ठुलो रुप लिदै गए पछी डिफेन्डर द्वय जेरोम बोटेङ र निकलास सुलले छुट्याएका थिए ।
दुई खेलाडी बिचको झगडा पछी प्रशिक्षक निको कोभाचले दुबैलाई केही बेरको लागि प्रशिक्षणबाट बाहिर गरिदिए । केही बेर पछी फेरी दुबै खेलाडीले पनि प्रशिक्षण शुरु गरे । घटना बारे प्रशिक्षक कोभाचले शुक्रबार हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनेछन् ।स्रोतका अनुसार दुवै खेलाडीलाई क्लबले अन्तरिक कारवाही गर्ने सम्भावना रहेको छ । (एजेन्सी)


तपाइँको प्रतिक्रिया