धोनीको किर्तिमानी खेलमा चेन्नाईको रोमान्चक जित
चैत्र २९ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नाई सुपर किंग्सले रोमान्चक जित हात पारेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा चेन्नाईले राजस्थान बिरुद्द ४ विकेटको रोमान्चक जित हात पारेको छ ।
राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नाईले पुरै २० ओभरमा ६ विकेट गुमाउदै पुरा गर्यो । चेन्नाईलाई अन्तिम ओभरमा जितका लागि १८ आवश्यक थियो । राजस्थानका लागि अन्तिम ओभर बेन स्टोक्सले गरेका थिए । उनको पहिलो बलमा नै रविन्द्र जडेजाले छक्का प्रहार गरे । दोस्रो बल नो बल भयो भने तेस्रो बलमा २ रन बन्यो । चौथो बलमा भने चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी बोल्ड भएपछी खेल झनै रोइमान्चक स्थितीमा पुग्यो ।
चौथो बलमा एम्पारबीच नो बलको निर्णयमा असमझदारी हुँदा कप्तान धोनी अम्पायरसँग कुरा गर्न मैदान नै प्रवेश गरेका थिए । उक्त बलमा २ रन सम्भव भएको थियो । पाँचौ बलमा २ रन दिएपछि चेन्नईलाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो । अन्तिम बल वाइड रहँदा अर्को बलमा मिचेल सेन्टनरले स्टेटमा छक्का प्रहार गर्दै खेल जिताए ।
चेन्नाईका लागि धोनीले ५८ रन बनाए । ४३ बल खेलेका धोनीले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अंबाती रायडुले ४७ बलमा २ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाए । मिचेल सेन्टनर १० तथा जडेजा ९ रनमा अभिजित रहे । राजस्थानका स्टोक्सले २ तथा धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान १-१ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ तथा जोस बट्लरले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान खास्सै चल्न सकेनन् । चेन्नाईका लागि दिपक चाहल, रबिन्द्र जडेजा र शर्दुल ठाकुरले समान २-२ विकेट लिए भने मिचेल सेन्टनरले १ विकेट लिए ।
जित पछी तालिकाको शिर्ष स्थानमा रहेको चेन्नाईको १२ अंक भएको छ । उसले ७ मध्य ६ खेलमा जित हात पारेको छ भने १ खेलमा पराजित भएको छ । उता ६ खेल खेलेको राजस्थानले जम्मा १ खेलमा जित हात पारेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ । यसै बिच चेन्नाईका कप्तान धोनीले आइपिएलमा नयाँ किर्तिमान बनाएका छन् । धोनीले आइपिएलमा १ सय खेल जिताउने कप्तानको किर्तिमान बनाएका छन् ।
(एजेन्सी)
तपाइँको प्रतिक्रिया