नेपाल टेलिकमको ‘चितुवा वर्ष’

काठमाडौं । “यस वर्ष नेपाल टेलिकमका लागि ‘चितुवा वर्ष’ हुनुपर्छ”,थान्को लागेर बसेका नौ दश परियोजना यसै साल सञ्चालन गर्ने भनेर जमर्को गरिएको सन्दर्भ कोट्याउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, “जसभित्र तपाईँहरु सबैको कल्याण छ, देशको अनि संस्थाको पनि कल्याण छ ।”
नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमबीचको एकता घोषणासभालाई यहाँ सम्बोधन गर्दै उनले भने, “दुई सङ्गठनबीचको एकताले ‘चितुवा वर्ष’का निम्ति ‘हाइ काढ्ने’ अवस्था नबनाओस्, तपाईँहरु सबै ठाउँमा योजना कार्यान्वयन गर्न दौडनुस्, जसको प्रतिफल मीठो हुनेछ ।”(रासस)
तपाइँको प्रतिक्रिया