चितवन र नवलपुरका पार्टी प्यालेस संचालकहरुको संयुक्त लगानीमा ग्रोसरी सप सन्चालन

चितवन, चैत्र २८ – नारायणगढ लाइन्सचोकको आनन्द मार्गमा ३ करोडको लगानीमा दियालो स्टोर्स सन्चालनमा आएको छ । चितवन र नवलपुरको होटल तथा पार्टी प्यालेस व्यवसायीहरुको संयुक्त लगानीमा बिहीवारबाट स्टोर्स सन्चालनमा आएको हो । स्टोर्सको बिहीवार एक कार्यक्रमका बिच होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले उद्द्घाटन गरिन् ।
स्टोर्सको उद्द्घाटन गर्दै न्यौपाने यस किसिमको ग्रोसरी सप चितवनमा आवश्यक रहेको बताईन् । यस किसिमको ग्रोसरी सपमा सामानहरु सुपथ मुल्यमा पाउनुका साथै गुणस्तरीय पनि हुने न्यौपानेको भनाई रहेको छ । पार्टी प्यालेस संचालकहरुले नै यो व्यवसाय शुरु गरेका छन्, यसले उनिहरुलाई सहज र सरल पनि हुन्छ, आफ्नो पार्टी प्यालेसमा आवश्यक सामानहरु अब सहज रुपमा उपलब्ध हुन्छ – न्यौपानेले भनिन् यसले पार्टी प्यालेस व्यवसायीहरु सँगै अन्य ग्राहकहरुलाई फाईदा हुन्छ ।
संचालकहरुले प्रतिबद्दता गरे जस्तै सुपथ मुल्यमा गुणस्तरिय सामान बिक्री गरे नगरेको बारे होटल व्यवसायी संघले अनुगमन गर्ने न्यौपानेले बताईन् । उपभोक्ताबाट गुनासो आयो भने हामी पक्कै अनुगमन गर्छौ न्यौपानेले भनिन् ।
दियालो स्टोर्सका संचालक प्रभाकर पण्डितले सुपथ मुल्यमा गुणस्तरीय सेवा दिनका लागि ग्रोसरी सप सन्चालन गरेको बताए । उनले चितवन र नवलपुरका गरी ११ वटा पार्टी प्यालेसका संचालकहरुको संयुक्त लगानीमा ग्रोसरी सप सन्चालन गरेको जानकारी दिए । ग्राहकले अन्य पसलको तुलनामा ग्रोसरी सपमा सुपथ मुल्यमा सामानहरु पाउने पण्डितले बताए । ‘हामी सुपथ मुल्यमा गुणस्तरीय सामान बिक्री गर्छौ, यसमा तपाईहरु ढुक्क हुनुहोस् – पण्डितले भने ।बिहीवारबाट सन्चालनमा आएको ग्रोसरी सपमा दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु सुपथ मुल्यमा उपलब्ध हुनेछ ।
तपाइँको प्रतिक्रिया