बाल संरक्षण तथा बालश्रम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रत्ननगर, चैत्र २८ – चितवनको रत्ननगरमा बालश्रम न्युनिकरण, बालविवाह तथा जन्मदर्ता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोग तथा रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणीज्य संघ द्वारा संचालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमको आयोजनामा बिहीवार अन्तरक्रिया भएको हो ।
रत्ननगर नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष हुमनाथ लामिछाने बालविवाह जसरी पनि अन्त्य गर्नु पर्ने बताए । यदी कसैले कानुन बिपरित गएर बालबिवाह गरेमा ५० हजार जरिवाना सहिद कम्तीमा तीन बर्ष कैद सजाय हुने जानकारी दिए । यस्तै लामिछानेले हरेक बालबालिकाको जन्मदर्ता अनिवार्य बनाउनु पर्ने बताउदै कसैले बालबालिका माथी कुनै पनि किसिमको दुर्व्यवहार गरेमा त्यसलाई कडा भन्दा कडा कारबाही हुने बताए ।
कार्यक्रममा र. न .पा- १५ की महिला जनप्रतिनिधि लिलादेवी पोख्रेलले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने धारणा राखिन् । यस्तै पोख्रेलले हरेक बालबालिकाको जन्मदर्ता अनिवार्य बनाउनु पर्ने र बालविवाह अन्त्य गर्न जरुरी रहेको बताईन् । कसैले गरे गराएको पाइएमा कडाकारबाही हुने पर्ने पोख्रेलले बताईन् ।


यस्तै विन्ध्येश्वोरी आ . वि का प्रधानध्यापक भिम प्रसाद खनालले बालबालिकालाई खराब ब्यक्तीको सङगतबाट टाढा राख आवश्यक रहेको बताए । खराब ब्यक्तीहरुको सङगतबाट उनिहरु लागुपदार्थ दुर्व्यसनीमा फस्ने हुँदा त्यस्ता ब्यक्तीहरुबाट समाजका हरेक बालनालिकालाई टाढा राख्न पर्ने उनले बताए । उनले बालबिवाह अहिले चुनौतीको रुपमा देखा परेको भन्दै सबै मिली यसको अन्त्य गर्न जरुरी रहेको बताए ।
तपाइँको प्रतिक्रिया