क्रिकेट रंगशाला निर्माण सहयोगार्थ चैते दशैं मेला

चैत्र २८, चितवनको पर्यटकीय गन्तव्य स्थल ज्ञानेश्वर सामुदायिक वनमा अन्र्तराष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ भोली (शुक्रबार) बाट चैते दशैं मेला शुरु हुने भएको छ ।
चैते दशै र नयांँ बर्षको अवसरमा गीतानगर व्वाइज क्लब र विहानी टोलसुधार समितिको संयुक्त आयोजनामा सो मेला हुन लागेको हो । आयोजकले नारायणगढमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै मेलाका संयोजक प्रकाश रिजालले पर्यटन प्रर्वद्धन गर्न र रंगशाला निर्माणको लागि सहयोग पुगोस भन्ने उद्धेश्यले मेलाको आयोजना गरिएको बताए । उनका अनुसार मेलामा राष्ट्रिय तथा स्थानीय स्तरका गायक तथा कलाकारको साथ बृहत सांस्कृतिक कार्यक्रम गरिने छ । मेलामा चर्चित कलाकार भि टेन, अशोक दर्जी, कमल खत्री , सन्दीप क्षेत्री , मिष्टर डी ,सुलेमान शंकर लगायतको प्रस्तुति रहने संयोजक रिजालले बताए । चार दिनसम्म चल्ने मेलाको सम्पुर्ण तयारीको काम पुरा भएको आयोजकले जानकारी दिएको छ ।
विहानी टोल विकास समितिका उपाध्यक्ष टेक बहादुर गुरुङ्गले मेला सम्पन्न गर्न १५ देखि २० लाख खर्च हुने बताए । मेलामा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहने र ३० लाख भन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको गुरुङ्गले बताए । मेला तथा सांस्किृतक कार्यक्रम अवलोकनको लागि प्रति व्यत्ति २०० रुपैयांँको टिकटको व्यवस्था गरिएको छ । मेलाको बिशेष सहयोगी संस्थाको रुपमा बिहेन्सी टेलरिङ्ग रहेको छ ।


तपाइँको प्रतिक्रिया