कारको ठक्करबाट एक जनाको मृत्यु

उर्लाबारी, चैत २८ – मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट २२ वर्षीय हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । (रासस)
तपाइँको प्रतिक्रिया