नायक अनमोल गायक बनेपछी (भिडियो)

चैत्र २८ – चलचित्र रिलिज हुन मात्र १ दिन बाँकी रहदा ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक भएको छ । चैत्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बर्षको बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर’ को ‘ए मेरो हजुर’ बोलको शिर्ष गीत बिहीवार सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा अनमोल केसीले स्टेज शोमा पफर्म गरिरहेको देखाईएको छ । कन्सर्टमा उनले गीत गाउदा हजारौको संख्यामा उनका फ्यानहरु उनी सँगै झुमिरहेको देखाईएको छ । सोही भिडमा सुहाना थापा पनि हुन्छिन् । उनी पनि अनमोलको कन्सर्टमा झुमिरहेको देखाईएको छ ।
गीतमा चर्चित गायक प्रताप दासको आवाज रहेको छ भने प्रतिक पौडेलको शब्द रहेको छ । पुष्पन प्रधान र प्रतिक पौडेलको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । सुदिप बरालले खिचेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
श्री कृष्ण श्रेष्ठ र झरना थापाको सुपर डुपर हिट चलचित्र ‘ए मेरो हजुर’ को तेस्रो सिक्वेललाई झरना थापाले निर्देशन गरेकी हुन् । झरनाले यस अघी ‘ए मेरो हजुर २’ पनि निर्देशन गरेकी थिईन् जसले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा रहेको छ भने छेतन गुरुङ, बाबुराम दाहाल सुमन पौडेल र प्रतिक गुरुङको पट कथा तथा सम्बाद रहेको छ ।
सञ्जय लामा, सुदिप बराल र शम्भु मोक्तानले संयुक्त रुपमा खिचेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । चलचित्रमा हिमाल केसीको द्वन्द तथा कबिराज गहतराज, रामजी लामिछाने, प्रबिन सिंह र राहुल सिंहको कोरियोग्राफी रहेको छ । ‘जिन्दगी नै भन्दिन’ र ‘परान’ बोलको गीतबाट निकै चर्चा पाईरहेको चलचित्र ‘यात्रा – ए म्युजिकल भ्लग’ सँग एक साथ प्रदर्शन हुँदैछ ।
तपाइँको प्रतिक्रिया