अग्रता जोगाउन नसक्दा युभेन्टस आयाक्ससँग बराबरीमा रोकियो

चैत्र २५ – अग्रता जोगाउन नसक्दा युइएफए च्याम्पियन्स लिग फुटबलमा युभेन्टस आयाक्स सँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राती सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टस र आयाक्स १-१ को बराबरीमा रोकिएका हुन् ।
डच टोली आयाक्सको मैदानमा भएको खेलमा अग्रता भने पाहुन टोलीले लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । उनले जोआओ क्यान्सिलोको पासमा उत्कृष्ट हेड गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
तर उसको अग्रतालाई आयाक्सले धेर बेर टिक्न दिएन । पहिलो हाफको अन्तिम मिनेटमा गोल खाएको आयाक्सले दोअरो हाफको पहिलो मिनेटमा नै गोल फर्कायो । ४६ औं डेभिड नेरेसले एकल प्रयासमा गोल गर्दै आयाक्सलाई खेलमा फर्काए । घरेलु मैदानमा आयाक्सले युभेन्टसलाई दबाबमा राखेको थियो । बाँकी समयमा दुबै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकिएको छ । बराबरीका बाबजुत पनि युभेन्टसलाई भने अवे गोलको फाईदा भएको छ । दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा हुनेछ । (एजेन्सी)
तपाइँको प्रतिक्रिया