युनाइटेडको मैदानमा बर्सिलोनाको किर्तिमानी जित

चैत्र २८ – उपहार गोलको मद्दतमा बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले प्रिमियर लिग क्लब युनाइटेडलाई १-० ले पराजित गरेको हो । गए राती युनाइटेडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लुक शअले आत्माघाती गोल गरे ।
बार्सिलोनाले युनाइटेडलाई उसकै घरेलु मैदानमा निकै दबाबमा राखेको थियो । शुरुवात देखी नै युनाइटेड माथि दबाब बनाएको बार्सिलोनाले १२ औं मिनेटमा अग्रता लियो । कप्तान लियोनल मेस्सीको पासमा लुइस स्वारेजले प्रहार गरेको बल क्लियर गर्ने क्रममा शअले आफ्नै पोस्टमा गोल गरे । रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा गोल दिए ।
बाँकी समयमा दुबै टोलीले गोल गर्ने केही प्रयास गरे पनि सफल हुन सकेन र बार्सिलोना १-० ले बिजयी भयो । यो जित पछी बार्सिलोनालाई अवे जितको फाईदा भएको छ । दोस्रो लेग अर्को हप्ता बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ । यसै बिच बार्सिलोनाले युनाइटेडको मैदानमा ईतिहास रचेको छ । अहिले सम्म युनाइटेडलाई उसकै मैदानमा पराजित गर्न नसकेको बार्सिलोनाले पहिलो पटक यो सफलता हात पार्दै ईतिहास रचेको हो । (एजेन्सी)
तपाइँको प्रतिक्रिया