पूर्वराजाको सुरक्षामा खटिएको जीपको ठक्करबाट मोरङमा १ जनाको मृत्यु

काठमाडौं, चैत २८ – पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको जीपको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । पूर्वराजाको सुरक्षाकर्मीको बा ३ च ७९६२ नम्बरको जिपले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ मा बुधबार साँझ करिब ७ बजे उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय हेम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया