समृद्धिका लागी सहकार्य अनिवार्य ः प्रचण्ड

चैत्र २८, चितवन –
नेपाल कम्युनिष्ट पार्टि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहकार्यका साथ अघि बढ्न नेपाली कांगेसलाई आग्रह गरेका छन । चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै विहिवार प्रचण्डले सहमतिको विकल्प नभएकाले सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका हुन ।
विगतमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माण पनि सहमतिबाटै सम्पन्न भएकाले अब पनि सहकार्यको विकल्प नभएको प्रचण्डको जिकिर छ । पुर्वप्रधानमन्त्री समेत हरेका प्रचण्डले राजनीतिक परिवर्तनमा भएको सहकार्य अब मुलुकको समृद्धिका लागी अनिवार्य रहेकोमा जोड दिएका छन ।
अध्यक्ष प्र्रचण्डले सत्तापक्ष र प्रतिपक्षी नभनि सहकार्य गर्नेहो भने समृद्धिको समना पुरा हुन धेरै समय नलाग्ने बताए । संविधान निर्माणपछि समृद्धिको यात्रा तयभईसकेकाले आगामि १० वर्षमा मुलुकले धेरै कोल्टेफेर्ने उनको भनाई छ ।
प्रचण्डले निर्वाचनपछिको छोटो समयमा कानुन निर्माण लगायत दिर्घकालीन कामहरु भएकाले समृद्धिको गतिले अब तिब्रता लिने विश्वास व्यक्त गरे । सरकार, प्रतिपक्षी दल लगायत सवै राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न सरोकारपक्षविचको सहकार्यबाट मात्रै समृद्धि प्राप्त हुने उनको भनाई थियो ।
चितवनबाट प्रतिनिधि सभा सांसद रहेका प्रचण्डले निजि क्षेत्रसँगको सहकार्यबाट मात्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने बताए । उनले चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायत विभिन्न किसीमका रेकर्डहरु बन्दैगएको अवस्थामा मनोरञ्जनका लागी पनि देशकै ठुलो फनपार्क बनेर अर्को रेकर्ड कायम भएको बताए ।
यसअघि नेपाली कांग्रेसका महामन्त्री डा ससांक कोईरालाले सरकारको समृद्धिको यात्रामा प्रतिपक्षी दल सहकार्यका लागी तयार रहेको बताएका थिए । उनले सरकारको १ वर्षमा खासै प्रगति नदेखिएकाले आगामि दिनमा यसलाई तिब्रता दिन पनि आग्रह गरे ।
तपाइँको प्रतिक्रिया