प्राथमिक उपचार सहितको सुविधासम्पन्न मनोरञ्जन केन्द्र

सूर्यप्रसाद अधिकारी, चैत्र २८, चितवन। भरतपुर महानगर पालिका वडा नम्बर ९ स्थित शरदपुरमा पांँच करोडको लगानीमा प्राथमिक उपचार सहितको सुविधासम्पन्न मनोरञ्जन केन्द्र संचालनमा आउने भएको छ।
नौ जना युवाउद्यमीको संयुक्त लगानीमा १ विघा ५ कठ्ठा क्षेक्रलमा फोर सिजन रेष्टुरेण्ट एण्ड पार्टी भेन्यु सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चितवनमा विभिन्न सभा, अधिवेशन, समारोह जस्ता क्रियाकलाप बढी हुने गरेकाले मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको संचालकहरु बताउंँछन ।
मनोरञ्जन केन्द्रको सम्पूर्ण तयारी पुरा भइसकेको र बैशाखदेखि सञ्चालन गर्न लागिएको फोर सिजनका अध्यक्ष नवीन पुरीले जानकारी दिनुभयो । उहांँका अनुसार चितवनका सेवाग्राहीलाई लक्षित गरी अन्र्तराष्ट्रिय मापदण्डसहितको पौडी पोखरी निर्माण गरिएको छ । मनोरञ्जन केन्द्रमा बिशेषगरी स्वास्थ्यकर्मी, उद्योगी व्यवसायीलाई लक्षित गरी बनाइएको अध्यक्ष पुरीले बताउनु भयो । मनोरञ्जन केन्द्रमा थप सुविधा दिनका लागि प्राथमिक उपचार, मातृशिशु कक्ष समेत निर्माण गरिएको छ । सो मनोरञ्जन केन्द्रमा दुई वटा ठुला सभाहल सहित तथा सुविधासम्पन्न रेष्टुरेण्ट सञ्चालन गर्न लागिएको छ । सेवाग्राही विरामी परेमा या केही दुर्घटना भएमा स्वास्थ्यकर्मी सहितको प्राथमिक उपचार केन्द्र र शिुशको स्याहार र स्तनपानको लागि मातृशिशु कक्ष समेत निर्माण गरिएको पुरीले बताउनु भयो ।
मनोरञ्जन केन्द्रमा अत्याधुनिक स्विमीङ पुल, पार्टीहल , २ वटा ठूला सभाहल हल, बाल उद्यान तथा प्राकृतिक सोन्दर्य झल्कने संरचना निर्माण गरिएकोे अर्का सञ्चालक टीकाराम लामिछानेले जानकारी दिनुभयो । विवाह, ब्रतबन्ध, पार्टी, जन्मदिन, जस्ता उत्सवमा आउने सेवाग्राहीको लागि सम्पूर्ण सुविधा सहितको व्यवस्था गरिएको छ । उहांँका अनुसार निकट भविष्यामा १६ कोठाको आवासीय सहित जीमहलको सुविधा दिइने योजना रहेको छ। उच्च वर्गलाई समेत लक्षित गरी विशेष किसिमको रेष्टुरेण्ट समेत निर्माण गरिएको उहांँले बताउनु भयो । प्रशस्त पार्किङ्गसुविधा सहित पौडी पोखरीमा जाडोमा तातो पानी र गर्मीमा चिसो पानी शुद्धीकरण प्रविधि रहेको उहांँले बताउनु भयो ।
मनोरञ्जन केन्द्रमा एकैपटक ४ हजार ५०० जना सम्मले अलग अलग सुविधा लिनसक्ने छन । केन्द्रमा ४० भन्दा बढी जनालाई प्रत्यक्ष अप्रत्यक्षमा रुपमा रोजगारी दिइएको अध्यक्ष पुरीले बताउनु भयो । मनोरञ्जन केन्द्र भरतपुर बसपार्कसंँगै रहेकोले सबै सेवाग्राहीको लागि सहज हुने उहांँको भनाई छ । बढ्दो शहरीकरण र जीवनशैलीसंँगै पछिल्लो समय चितवनमा होटल, रिसोर्ट, मनोरञ्जन केन्द्र र पौडी पोखरी निर्माण हुने क्रम बढ्दो छ ।
तपाइँको प्रतिक्रिया