नारायणि पव्लिकको फुटसल ग्राउण्ड उद्घाटन

भरतपुर, चैत्र २७ – नारायणी ई. पव्लिक माविको विद्यालय प्राङ्गढमा निर्मित फुटसल ग्राउण्डको उद्घाटन गरिएको छ । विद्यार्थीहरुको शरीरिक एवं वौद्धिक रुपमा सवल एवं सक्षम वनाउने उदेश्यका साथ भरतपुर ११ स्थित नारायणी ई. पव्लिकको विद्यालय प्राङ्गढमा निर्मित फुटसल ग्राउण्डको बुधवार उद्घाटन गरिएको छ ।
उद्घाटनको अवसरमा बुधबार अन्तर टोलविकास स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । विद्यालयका प्रचार्य वेदराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष एवं प्रवन्ध निर्देशक राजेश्वर खनाल प्रमुख अतिथी रहेका थिए ।
विद्यालयकी निर्देशक अनिता खनालले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पुर्ण खेलाडीहरुलाई अनुसाशित भएर खेल्न आग्रह गर्दै जिल्लामै पहिलो पटक आफ्नो विद्यालयले फुटसल ग्राउण्ड तयार गरेकोमा खुशि व्यक्त गरिन् । उद्घाटन सत्रमा वोल्दै विद्यालयका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी राजेश्वर खनालले विद्यालयमा निर्मित फुटसल ग्राउण्डलाई व्यवसायीक रुपमा नभई आफ्ना विद्यार्थीहरुलाई केन्द्रित गरेर निर्माण गरिएको जानकारी दिए ।
तपाइँको प्रतिक्रिया