च्याम्पियन्स लिग : युभेन्टसलाई आयाक्सको चुनौती

चैत्र २७ – यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्टस र आयक्स बिचको क्वाटरफाइनलको पहिलो लेग आज हुँदैछ । इटालियन क्लब युभेन्टस र नेदरल्याण्ड्सको क्लब आयाक्स बिचको खेल नेपाली समय अनुसार राती १२ : ४५ बजे हुनेछ । खेल आयाक्सको घरेलु मैदानमा हुनेछ ।
आयाक्स घरेलु मैदानको फाईदा उठाउदै युभेन्टसलाई पराजित गर्ने योजनामा रहेको छ । आयक्सको एउटै लक्ष्य घरेलु मैदानमा राम्रो नतिजा निकाल्दै सेमिफाइनलको बाटो सजिलो बनाउने रहेको छ । क्रिष्टियानो रोनाल्डोको पुर्व क्लब रियल मड्रिडलाई पराजित गरेर सनसनी मच्चाएको आयाक्स आज फेरी त्यही नतिजा दोहोराउने दाउमा हुनेछ ।
उता युभेन्टस रोनाल्डोको पुनरागमनले बलियो बनेको छ । चोटका कारण रोनाल्डो पछील्लो केही खेलमा मैदान बाहिर रहेका थिए । घरेलु लिगमा समेत राम्रो प्रदर्शन गरिरहेको युभेन्टस आयाक्सको मैदानमा उसैलाई हराउदै सेमिफाइनलको बाटो सजिलो बनाउने दाउमा रहेको छ । तर बलियो टोली बिरुद्द शशक्त प्रदर्शन गरिरहेको आयाक्स सँग रियल सजग रहेको छ । यि दुई क्लब पछील्लो पटक सन् २००४ मा भेटेका थिए । उक्त खेलमा युभेन्टस १-० ले बिजयी भएको थियो ।(एजेन्सी)


तपाइँको प्रतिक्रिया