वलीलाई थुनामा राख्न सर्वोच्चले गरिदियो बाटो खुल्ला

काठमाडौं, चैत्र २७ – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न बाटो खुला गरिदिएको छ ।उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएको छ ।
नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो । तर बुधबार सर्वोच्चले रिट खारेज गरेपछि सरकारले वलीलाई थुनामा नै राखेर घटनाको अनुसन्धान गर्न पाउने भएको छ ।
तपाइँको प्रतिक्रिया