च्याम्पियन्स लिग : दुई हेभी वेट क्लब बिचको रोमान्चक भिडन्त आज

चैत्र २७ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज दुई हेबी वेट क्लबहरु आमने सामने हुँदैछ । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आज राती स्पेनिस महारथी बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बिच खेल हुँदैछ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे युनाइटेडको घरेलु मैदानमा हुनेछ ।
बार्सिलोना र युनाइटेड बिचको खेल निकै रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुबै टोली आज ४-३-३ को फर्म्याटमा मैदान उत्रने तयारीमा रहेका छन् । आजको खेलमा युनाइटेडका महत्वपूर्ण खेलाडी मार्कस रासफोर्ड मैदन उत्रन सक्ने बताईको छ । उनले चोटका कारण पछील्लो केही खेल गुमाएका थिए ।
उता बार्सिलोनाको मुख्य हतियार मध्य एक उस्मान डेम्बेले पनि टिममा फर्किने सम्भावना रहेको छ। डेम्बेले पनि चोटका कारण पछील्लो समय आराममा रहेका थिए । डेम्बेलेको कमब्याकले बार्सिलोना अझै बलियो हुने विश्वास गरिएको छ ।
बर्सिलोना यस सिजन राम्रो लयमा रहेको छ । उसले महत्वपूर्ण खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । घरेलु लिगमा पनि बार्सिलोनाले शशक्त प्रदर्शन गरिरहेको छ । यस कारण बार्सिलोना आज उच्च मनोबलका साथ मैदान तयारी रहेको छ । उता युनाइटेड आफ्नै घरेलु मैदान र घरेलु समर्थक सामु बलियो रुपमा प्रस्तुत हुने तयारीमा रहेको छ ।
बार्सिलोना र युनाइटेड पछील्लो पटक सन् २०१३ मा आमने सामने भएका थिए । उक्त खेलमा बार्सिलोनाले ३-१ ले बाजी मारेको थियो । त्यस पछी आज हुन लागेको भेटमा बार्सिलोना फेरी त्यही नतिजा दोहोर्याउने लक्ष्यमा रहेको छ ।
यो सिजनको मध्यम शुरुवात गरेको युनाइटेड पछील्लो समय भने राम्रो लयमा रहेको छ । पछील्लो खेलमा राम्रो प्रदर्शन त्यही माथि घरेलु मैदान, युनाइटेड आज यसको भरपुर फाईदा उठाउने सोचमा रहेको छ । तर यो सिजन बलियो खेल प्रदर्शन गरिरहेको बार्सिलोना माथि हाबी हुन युनाइटेडलाई त्यती सहज भने हुनेछैन । बार्सिलोना पनि युनाइटेडलाई उसकै मैदानमा स्तब्ध पार्दै सेमिफाइनलको बाटो सजिलो बनाउने दाउमा रगेको छ ।
पल पोग्बा, मार्क्स रासफोर्ड, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियल जस्ता खेलाडीको प्रदर्शन युनाइटेडका लागि महत्वपूर्ण हुनेछ । उता कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कौटिन्हो, इभान राकिटिच, आर्थर, र जेरार्ड पिके जस्ता खेलाडीको प्रदर्शन बार्सिलोनाको लागि महत्वपुर्ण हुनेछ ।
तपाइँको प्रतिक्रिया