अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि ‘यात्रा’ टिमको सहयोग

चितवन, चैत २७ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा स् अ म्युजिकल भ्लग’ टिमले धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेको छ । चितवनको रामपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ । फिल्मका निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग पाएपछि धुर्मुस अर्थात् सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिदै सहयोग प्रति आभार व्यक्त गरेका छन् ।‘थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौ, त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुस भन्छन् ‘हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्य प्राप्तिको उदेश्य , सफलता हात पर्छ ।’
उनले फिल्म यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । धुर्मुस सुन्तलीको अभियानमा साथ् दिनपाउदा निकै खुसि लागेको प्रस्तुतकर्ता चिकुमार श्रेष्ठले बताए । ‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौ तर यो अरुका लागि प्रेरणा बन्न सक्छ’ उनि भन्छन् ‘फिल्मले नेपाली सुन्दरतालाई देखाउनेछ ।


’यसैगरी निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन् लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए ।‘हामी सलिनसँगै यात्रा टिम शनिवार क्रिकेट खेल्न टियु मैदान पुग्नेछौ’ सुशीलले आफ्नो टिम सामाजिक कार्यमा सहयोग गर्न सदैव तत्पर रहेको जनाए । केहि दिन देखि सलिनमान बनिया प्रशिक्षणमा समेत सभागी भइरहेका छन् ।
डेब्यु फिल्म मार्फत नै आफुलाई युवापुस्ता माँझ स्थापित गराउन सफल भएका सलिन यसमा भ्लगरको भूमिकामा छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।
यसैफिल्म मार्फत मलिका महत डेब्यु गर्दै्छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।
फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।
तपाइँको प्रतिक्रिया