कालोमोसो – चितवनका दर्जनौ क्याम्पसमा प्राध्यापकद्धारा पेन डाउन

चैत्र २७, चितवन –
प्रजातन्त्रबादी प्रध्यापक संघ नेपाल जिल्ला समिति चितवनले आज जिल्लामा रहेका सम्पूर्ण क्याम्पसहरुमा पेन डाउन गरेका छन । केहि दिन अघि कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुरमा कृषि संकायका प्रशासनिक सहायक डिन प्रा. बिष्णुराज ओझालाई बिद्यार्थीले गरेको अभद्र व्यवहारको विरोधमा कलम बन्द गरेका हुन । सो घट्ना प्रति खेद व्यक्त गदै आन्दोलन स्वरुप एक दिनका लागि कलम वन्द गरीएको जिल्ला संयोजक दयाराम पौडेलले बताए ।
स्नातक भन्दा माथी पढाई हुने जिल्लाका दर्जन बढी क्याम्पसमा पेन डाउन गरीएको संघले जनाएको छ । सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, विरेन्द्र बहुमुखि क्याम्पस, सहिद स्मृति क्याम्पस टाँडी, सहित स्मारक कलेज सारदानगर, मैयादेवि कन्या कलेज, भुवनी संकर क्याम्पस टाँडी, माडी क्याम्पस लगायत विभिन्न क्याम्पसमा आज एक दिन कक्षा नलिएको संयोजक पौडेलले बताए ।
विद्यार्थीले ओझालाई विभिन्न आरोप लगाई केहि दिन अघि कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिएका थिए । प्राध्यापक संघले दुव्र्यवहारमा संलग्न विद्यार्थीलाई कानुनि दायरामा ल्याउन माग गरेका छन । घट्नामा संलग्नको नाम किट्टानी जाहेरी दिदा पनि प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको भन्दै थप आन्दोलनमा जानुपरेको पौडेलको भनाई छ ।
यथासिघ्र दोसिलाई कारवाहि गरी विश्वबिद्यालयको पठनपाठन सुचारु गराउन सम्बन्धीत सरोकार पक्षलाई उनले आग्रह गरेका छन । प्राध्यापकमाथीको दुव्र्यवहारलाई लिएर प्राध्यापक संघ र नेविसंघले गएको २१ गत्तेदेखि विश्वविद्यालय बन्द आव्हान गर्दा पठनपाठन प्रभावित भएको छ । संघको आन्दोलनलाई नेपाली कांग्रेस चितवनले पनि ऐकवद्धता जनाएको छ ।
यसैविच उता जिल्ला प्रहरी कार्यालय चितवनले दुव्र्यवहारमा संलग्नको खोजी भईरहेको जनाएको छ । प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले किटानी परेकाहरु फरार रहेकाले खोजीभईरहेको बताएका छन ।
प्राध्यापक ओझाले ३० दिनको कोर्ष ४ दिनमा सकाएर झाराटार्ने गरी पढाएको, विद्यार्थीलाई विभिन्न वाहानामा दुख दिनेगरेको तथा उनका अराजक गतिविधिप्रति आवज उठाउने विद्यार्थीको अंक काटिदिएको तथा सुध्रन पटकपटक ध्यानाकर्षण गराउदा पनि अटेर गरेको भन्दै कालोमोसो दलेका थिए ।
तपाइँको प्रतिक्रिया