बाराका आंँधी प्रभावित विद्यार्थीलाई चितवन सहायता कोषको सहयोग

चैत्र २७, चितवन । चितवनबाट बेल्जियममा रहेर विभिन्न पेशा ,व्यवसाय गरिरहेका नेपालीहरुको संस्था चितवन सहायताकोषको आर्थिक सहयोगमा बारा जिल्लाका आधी प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । चितवन सहायता समाजको संयोजनमा मंगलबार बाराको पर्सौनी गाउंँपालिका वडा नम्बर ४ का आधी प्रभावित स्कुले विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो ।
शैक्षिकसत्र शुरु हुनुभन्दा अगाडीनै उनीहरुलाई शैक्षिक सामाग्री दिएर केही सहयोग होस भन्ने उद्धेश्यले शैक्षिक सामाग्री वितरण गरिएको समाजका अध्यक्ष राजेन्द ्रपौडेलले जानकारी दिनुभयो । उहांँका अनुसार करीब २५० भन्दा बढी बिद्यार्थीहरुलाई कापी कलम का साथै झुल गरी १ लाख रुपैयांँ बराबरको सामाग्र बितरण गरिएको छ । आंँधी प्रभावित स्थानहरुमा सबै ठाउंँमा खाद्यान्न, लत्ता कपडा वितरण भएपनि शैक्षिक सामाग्री वितरण नभएकोले संस्थाले शैक्षिक सामग्री वितरण गरेको पौडेलले बताउनु भयो । ‘सबैको ध्यान खाद्यान्न र लत्ता कपडामा गयो, तर शैक्षिक सामाग्रीमा कसैको ध्यान पुगेन’ ,उहांँले भन्नुभयो। अन्य सामाग्री अभाव नभएको भन्ने खबर पाएका कारण पनि आफ्नो संस्थाले शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।
सस्थाकी सदस्य पार्वती पौडेलले एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गनुपर्छ भन्ने भावनाका साथ आफूहरुले सहयोग गरेको बताउनु भयो । सानो सानो सहयोगले आधी प्रभावित लाई राहत पुग्ने र सहयोगी भावनाको विकास हुने भएकोले शैक्षिक सामाग्री सहयोग गरेको बताउनु भयो ।
वितरणकार्यक्रममा समाजका कोषाध्यक्ष विजया रेग्मी, सदस्य भक्त बहादुर बस्नेत, केशवराज सुवेदी लगायतको सहभागिता रहेको थियो । राहत वितरण पर्सौनी ४ का वडा सदस्य अजय गुप्ताको रोहबरमा वितरण गरिएको हो । चितवनबाट बेल्जियम रहेर विभिन्न पेशा व्यवसायमा रहेका नेपालीहरुको सक्रियतामा सो रकम पठाइएको थियो । संस्थाले यस अघिपनि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। संस्थाले चितवनमा विभिन्न स्थानमा हेल्थ क्याम्पको आयोजना गर्नुको साथै भरतपुर अस्पतालका थाल्सेमियाका विरामीहरुको लागि समेत नियमित आर्थिक सहयोग गर्दै आइरहेको छ ।
तपाइँको प्रतिक्रिया