कोलकता माथि सानदार जित हात पार्दै चेन्नाई शिर्ष स्थानमा

चैत्र २७ – कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गए राती घरेलु मैदानमा भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गर्यो ।
कोलकताले दिएको १०९ रनको सामान्य लक्ष्य चेन्नाईले ३ विकेटको क्षेतीमा पुरा गर्यो । चेन्नाईले १७ ओभरमा २ बलमा ३ विकेट गुमाउदै १११ रन बनाए पछी कोलकता ७ विकेटले पराजित भयो ।
चेन्नाईको जितमा फाप डु प्लेसिसले नट आउट ४३ रन बनाए । उनले ४५ बलमा ३ चौका प्रहार गरे । यस्तै अंबाती रायडुले २१, सेन वाट्सनले १७ तथा सुरेश राइनाले १४ रन बनाए । कोलकताका लागि सुनिल नारायणले २ तथा पियुष चाउलाले १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०८ रनको सामान्य योगफल तयार पारेको थियो । खराब शुरुवात गरेको कोलकताको इनिङ कसैले पनि उकास्न सकेनन् । चेन्नाईका बलरहरु सामु कोलकताका ब्याट्सम्यानहरु निरिह सावित भए । आन्द्रे रसेलले ५० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । कप्तान दिनेश कार्तिक १९ तथा रविन उथप्पा ११ रन बनाएर आउट भए ।
चेन्नाईका दीपक चाहरले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका चाहरले २० रन खर्चिदै ३ विकेट लिए । यस्तै हर्भजन सिंह र इमरान ताहिरले समान २-२ विकेट लिए भने रविन्द्र जडेजाले १ विकेट हात पारे । जित पछी चेन्नाई तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ६ खेल खेलेको चेन्नाईको ५ जित र १ हार सहित १० अंक रहेको छ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया