भरतपुर अस्पतालमा आउने विरामीलाई सेवा भन्दा बढी सास्ती
सूर्यप्रसाद अधिकारी, चैत्र २६ ,चितवन ः भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीले घण्टौं कुर्नु परेको गुनासो गरेका छन् । अस्पतालमा बीमित बिरामी र अन्य बिरामीको चापसंँगै अस्पतलालले सहजरुपमा सेवा दिन नसक्दा उनीहरुले सास्ती भोग्नु परेको छ ।
अस्पतालमा दिइने हरेक विभागमा उनीहरु घण्टौं लाइन बस्नु पर्ने बाध्यता रहेको छ । बिरामीको बढ्दो चापको तुलनामा अस्पतालमा पूर्वाधारको अभाव हुंंँदा उनीहरुले हैरानी बेहोर्नुु परेको हो । रत्ननगर बेल्सीकी कमला विक आफूले बिहानबाट टिकट काटेर डाक्टर चेकजांंँच गरी रिपोर्ट बुझाउने बेलामा चेकजांँच कक्षमा डाक्टर नै नभएको बताउनु भयो ।
‘बल्ल बल्ल पालो आयो डाक्टर छैन भन्छन्, खाजा खान जानु भाको छ भन्छन्’ उहांँले गुनासो गर्नुभयो । ‘पालो आउंँछ भनेर कुरेर बसेको छु, आज पनि रिर्पोट देखाउन पाउंँछु कि पाउंँदैन ?’ उहांँले भन्नुभयो । उहांँजस्तै अन्य बिरामीको हालत उस्तै छ । टिकट लिन लाइन, जेकजांँच गर्दा लाइन, प्रयोगशालामा लाइन, रिपोर्ट देखाउंँदा लाइनका साथै औषधि लिन पनि लाइन बस्नु पर्दा झनै मुश्किल परेको छ ।
एक्कासी ज्वरो आएर आफन्तको साथ अस्पताल आएकी लंकुकी टीकामाया पौडेल आफूले आकस्मिक कक्षमा भर्ना हुन खोज्दा भर्ना हुन नपाएको बताउनु हुन्छ । आकस्मिक कक्षमा डाक्टर नभएको कारण बहिरंग विभागमा रिफर गरेको उहांँले बताउनु भयो । बिहानै आए पनि अहिलेसम्म आफूले जचाउन पालो नपाएको गुनासो गर्नुभयो ।
चेकजांँच कक्षसंँगै प्रयोगशालामा पनि उत्तिकै बिरामीले लाइन बस्नु पर्छ । ‘हिजोबाट आएको बल्ल रिपोर्ट आयो’ भरतपुरका भविश्वर पाठकले भन्नुभयो, ‘बिहान अघिल्लो दिनदेखि उपचार प्रक्रिया शुरु गर्दा बल्ल आज रिपोर्टको लागि पालो आयो । डाक्टरलाई देखाउँदा कतिबेर कुर्नु पर्ने हो, थाहा छैन ।’
अस्पतालमा अरु विभागमा जस्तै औषधि लिनेको लाइन पनि उत्तिकै छ । अस्पतालले पालोको लागि माइकिङ प्रणाली लागु गरे पनि नाम सुनेर पालो कुर्नु पर्ने बिरामी बताउंँछन् । अस्पताल परिसरमा रहेका औषधि पसलमा भीड उत्तिकै देखिन्छ । शुक्रनगरका तिलबहादुर तामाङ मधुमेहको उपचार गराएर औषधि लिन आउंँदा बल्लबल्ल पालो आएको बताउनु हुन्छ ।
‘बिहान ८ बजे आएको २ बजे बल्ल औषधि लिन पाएंँ’ उहांँले भन्नुभयो । डाक्टरले कक्षबाट सिधै औषधि लिन ६ घण्टाभन्दा बढी कुर्नु परेको तामाङले बताउनु भयो । सरकारले बीमित बिरामीको लागि पहिलो प्राथमिकतामा सरकारी अस्पताल जानु पर्ने बाध्यता भएपछि बिरामीहरु थप समस्यामा परेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल सरकारले पूर्वयोजना नबनाइकन सरकारी अस्पताललाई थप बोझ दिएको बताउनु हुन्छ । ‘२० सालदेखि पूर्वाधार उही छ, उपकरण सिमित, जनशक्ति सिमित अनि कसरी सहज सेवा दिन सकिन्छ ?’ उहांँले भन्नुभयो । क्षमताभन्दा बढी बिरामीहरु आउने गरेका कारण पनि उचित व्यवस्थापन गर्न नसकिएको उहांँको भनाई छ ।
अस्पतालले प्रयोगशाला, बिरामी जांँच कक्ष, औषधि कक्ष लगायतमा टोकन प्रणाली लागु गरे पनि बिरामीको बढी चापका कारण समयमै सेवा दिन नसकेको पौडेलले बताउनु भयो । ‘जिल्ला अस्पताललाई केन्द्रीय अस्पतालको जिम्मेवारी दिइएको छ तर सेवा सुविधा थपिएको छैन’ उहांँले भन्नुभयो । बजेट अभावको कारण पनि उपकरण लगायत जनशक्ति थप्न नसकिएको उहांँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया