२.० मा सेन्सरको कैँची, सात दृश्य भयो परिवर्तन

मङ्सिर ७ – अक्ष्य कुमार र रजनीकान्त अभिनित फिल्म २.० रिलिजको संघारमा रहेको छ । दर्शक माझ ब्यग्र प्रतिक्षा रहेको चलचित्रको ट्रेलरले धमाका मच्चाई रहेको छ । निर्माण घोषणा देखी नै चर्चामा रहेको २.० मा अत्याधिक भिएफएक्स प्रयोग गरिएको छ । बलिउड फिल्मको ईतिहासमा २.० अहिले सम्मकै सबै भन्दा धेरै भिएफएक्स प्रयोग गरिएको फिल्म हो ।
रिलिज डेट नजिकिदै गर्दा फिल्मको बुकिस धमाकेदार रुपमा भईरहेको छ । यसै बिच प्रदर्शन मिती नजिक आउँदा फिल्मले युए सर्टिफिकेट पाएको छ । फिल्ममा केही परिवर्तन भए पछी अब सबै उमेरका दर्शकहरुले हेर्न पाउने भएका छन् । फिल्ममा रहेको केही सम्बाद मिउट तथा केही सम्बाद परिवर्तन गर्दै सेन्सर बोर्डले युए सर्टिकेट दिएको हो । यस्तै फिल्मको केही सिन ब्लर समेत गरिएको छ ।
फिल्ममा सेन्सरले ७ वटा परिवर्तन गर्न लगाएको छ । अक्ष्य कुमार पहिलो पटक नेगेटिभ रोलमा देखिएको २.० २९ नोभेम्बरबाट प्रदर्शनमा आउँदैछ । एस शंकर निर्देशित फिल्मलाई सुबाशकरणले निर्माण गरेका हुन् ।
तपाइँको प्रतिक्रिया