ज्ञानेश्वर युवा समाजको आयोजनामा छैँठौँ एकादशी मेला भव्यताका साथ सम्पन्न

मंसिर ५ – “समाज परिवर्तन तथा दुव्यसन न्युनीकरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ ज्ञानेश्वर युवा समाजले आयोजना गरेको छैँठौँ एकादशी मेला भव्यताका साथ सम्पन्न भएको छ । आईतबारबाट सुरु भएको २ दिने मेला ३ गते सम्पन्न भएको हो ।भरतपुर १६ ज्ञानेश्वर सामुदायिक वन सानोगढीमा २ दिन सम्म चलेको मेला २० हजार भन्दा बढीले दर्शकहरुले अवलोकन गरेको मेला संयोजक एंव ज्ञानेश्वर युवा समाजका अध्यक्ष सुदन पौडेलले जानकारी दिनुभयो ।
मेला लागु औषध दुव्र्यसनी न्युनीकरण सम्बन्धी सचेतना फैलाउँनका र पर्यटक स्थलको रुपमा विकास गर्नका लागि मेलाको आयोजना गरिएको पौडेलको भनाई रहेको छ । ‘हामीले जे लक्ष्यका साथ मेला आयोजना गरेका थियौ त्यसमा हामी सफल भयौ’ – पौडेलले भन्नु भयो । मेलामा अघिल्लो बर्ष भन्दा धेरै दर्शक उपस्थित भएको समेत पौडेलले बताउनु भयो ।
पुर्व घोषित कुरा अनुसार नै मेलाबाट संकलन भएको रकम मध्य केही विपन्न वर्गका छात्र छात्राहरुलाई सहयोग गरिने समेत जानकारी गराउनुभयो । मेलाका प्रमुख अतिथी सेतीदेवी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष्य नन्द प्रशाद भट्टले यस किसिमको मेलाले कला संस्कृतिको संरक्षण गर्ने बताउनु भयो । भट्टले एकादशी मेला भन्ने बित्तिकै ज्ञानेश्वरको नाम आउने हुँदा बर्षौ बर्ष सम्म यसरी नै मेला आयोजना गर्न आग्रह गर्नुभयो ।सधैं सामाजिक लक्ष्यका साथ मेला आयोजना गरिने हुँदा आवश्यक सहयोग गर्न आफु सधैं तयार रहने भट्टले बताउनु भयो ।
बि हेन्सी टेलरिङ एण्ड सटिङ सुटिङ मुख्य प्रायोजक रहेको मेलामा स्थानिय देखी राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुले प्रस्तुती दिएका थिए । मेलाको दोस्रो दिन सोमबार गायक शिव परियार, लोकदोहोरी गायक पशुपति शर्मा, सन्ध्या बुढा काउली बुढी, नेपाल आइडलका प्रतिस्पर्धी मिनराज पौडेल, शंशान कंडेल, भेषराज गौतम, ढाकाराम पौडेल, दिपक थापा, विश्वास अधिकारी र भविष्य भरत तिवारी आदीले प्रस्तुतु दिएका थिए ।
तपाइँको प्रतिक्रिया