गिलको शतकमा राजस्थान पराजित, गुजरात फाइनलमा

एटुजेड समाचार

काठमाडौंः गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो। राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो। गुजरातका शुभमनले सर्वाधिक १ सय ४ रनको शतकीय इनिङ खेले।

यस्तै, साई सुदर्शनले ५८ र राहुल तोवाटियाले १७ र वासिङ्टन सुन्दरले १६ रन बनाए। राजस्थानका नान्द्रे बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो।

राजस्थानका वैभव सूर्यवंशीले ९६ रनको अर्धशतकीय पारी खेले। यस्तै, रविन्द्र जडेजाले ४५, डोनोभान फरेराले ३८ तथा रियान परागले ११ रनको योगदान दिए। गुजरातका जेसन होल्डर र कागिसो रबाडाले २–२ विकेट लिए।

यो जितसँगै गुजरातले अब भोलि उपाधिका लागि साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु