चितवन उद्योग वाणिज्य संघद्वारा शनिबार व्यवसाय बन्द गर्ने निर्णय

एटुजेड समाचार

चितवन — चितवन उद्योग वाणिज्य संघले जिल्लाभित्रका व्यवसाय तथा व्यापारिक प्रतिष्ठान प्रत्येक शनिबार बन्द गर्ने निर्णय गरेको छ। संघले व्यवसायीहरूको सुविधा, बजार व्यवस्थापनलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाएको छ।

२०८३ जेठ १० गते चितवन उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत संघबीच सम्पन्न संयुक्त बैठकले अब सम्पूर्ण सम्पूर्ण व्यवसायीहरू सोमबार नियमित रुपमा सञ्चालन गर्ने तथा शनिबार सामूहिक रुपमा व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसंगै सोमबार फेरि व्यवसाय बन्द हुँदा व्यवसायमा थप समस्या भएको कारणले शनिबार बिदा गर्ने निर्णय भएको जनाएको छ ।

शनिबार एकै दिन व्यवसाय बन्द गर्दा व्यवसायी तथा कर्मचारीहरुलाई नियमित विश्राम प्राप्त हुनुका साथै व्यवस्थापकिय काम गर्न सहज हुने भएकाले सो दिन बन्द गर्ने निर्णय गरिएको बिज्ञप्तीमा भनिएको छ ।

May be an image of ticket stub and text

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु