आज पुर्वी क्षेत्र महोत्सवको दोश्रो दिन , चर्चित गायिका वविता वानिया जेरिको धमाका प्रस्तुती

चितवन,१ मंसिर । पूर्वी चितवनको रत्ननगरमा हिजो शुक्रबारबाट सुरु भएको पूर्वी क्षेत्र महोत्सवमा आज चर्चित गायिका वविता वानिया जेरी सहित वलराम सरकार र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ भने चर्चित उद्दघोषक सन्जय दुवाडीले कार्यक्रम सञ्चालन गर्नुभएको छ ।
महोत्सव रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको छ ।एन.एस.क्रियशन एण्ड इभेन्टस् प्रा.ली र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको अवसरमा चितवनको रत्ननगर बजारलाई झिलिमिली पारिएको छ । । महोत्सव सुरु हुनु पूर्व हिजो रत्ननगर नगरपालिका परिसरबाट शोभा यात्रा निकालिएको थियो । महोत्सवको एक भव्य समारोहका बीच पूर्व अर्थमन्त्री एवंम चितवन क्षेत्र नम्वर १ का साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त महोत्सवबाट भएको आम्दानीले क्लबले शव बहान खरीद गरी सञ्चालन गर्ने, पूर्वीमा कार्यरत सञ्चारकर्मीहरुका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक निरज श्रेष्ठले बताए । चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिनु भएको छ । महोत्सवमा ३०० वटा स्टल रहेको छ भने आगामी मंसिर ११ गते सम्म सञ्चालन हुने छ ।
तपाइँको प्रतिक्रिया