काठमाडौँ – हामी हाम्रो स्वास्थ्यलाई स्वास्थ राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर सानो कुरालाई वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ । त्यसैले खानेकुरा खाँदा समय र अनुकुलता अपनाउनु पर्दछ। अम्लीय तत्व भएका खानेकुरालाई खाली पेटमा खाँदा शरीरलाई हानि पुग्छ ।
खाना तपाईको स्वास्थ्यको लागि जरुरी कुरा हो तर गलत समय र गलत तरिकाबाट खाना खाँदा तपाईलाई स्वस्थ बनाउनुको साटो उल्टो बिरामी पनि बनाउन सक्छ ।
यी खानेकुरा जुन कुराहरु खाली पेट कहिलै पनि खानु हुदैन :-
टमाटर – टमाटरमा अत्याधिक मात्रामा भिटामिन सी हुने कारणले गर्दा यदि खालि पेटमा खाएको खण्डमा पेट भित्र अघुलनशील जेल निर्माण हुन्छ । उक्त जेलका कारण स्टोन बन्ने संभावना बढि हुन्छ । किनभने टमाटर भित्र भिटामीन ए, सी, के, फोलेट र पोटाशियमको राम्रो मात्रा हुन्छ ।
रक्सी – हुनत रक्सि जतिबेला खाए पनि स्वास्थ्यको लागि खराब नै हो । तरपनि खालिपेट रक्सि खाँदा खाना राम्रो संग पच्दैन ।
केरा – खाली पेट केरा कहिलै पनि खानु हुदैन । खाली पेट केरा खाँदा शरिरमा म्यागनेसियमको मात्रा बढ्ने गर्दछ । जस्को कारण क्याल्सियम र म्यागनेसियमको असन्तुलन पैदा हुने गर्दछ । त्यसो भएमा शरिरमा जलन पैदा हुन्छ ।
लेमन सोडा – खाली पेटमा लेमन सोडा कदापि खानु हुदैन । लेमन सोडामा कार्बोनेट एसिड अत्याधिक मात्रामा हुने गर्दछ । लेमन सोडा खाँदा वान्ताहुन सक्ने सम्भावना हुन्छ ।
दही – दहि पेटको लागि राम्रो मानिन्छ तर खाली पेटमा दहि खादा तपाईलाई पेट घोच्ने समस्या हुन सक्छ ।
कफी – खाली पेटमा कफिले तपाईको पेट बिगार्न सक्छ ।
मसालायुक्त खाना – मसालायुक्त खानाले पेटमा अनावश्यक एसिड उत्पादन गर्दछ जस्को कारणले तपाईको पाचन प्रक्रिया बिग्रन सक्छ । एजेन्सीको सहयोगमा


