सँधै एकैप्रकारको कार्य गर्नाले त्यसमा बोझिलता आउनु स्वभाविकै हो । हरेक सम्बन्धले केहि नयाँ र रोमाञ्चक कुराको माग गर्छ । कैयौं पटक त्यसको लागि आफै बदलिनुपर्छ ।
यौन सम्बन्धमा यसै कामलाई रोलप्ले भनिन्छ । यसमा केहि फिक्सन र ननफिक्सन भूमिकालाई मिलाएर एक भूमिका बनाउनुहोस् र आफ्नो पार्टनरसँग यौनकार्य गर्दा त्यसै भूमिकामा रहनुहोस् ।
तपाईंलाई यौनको केही अलग अनुभुती भैरहेको महसुस हुन्छ र रोमाञ्चक अनुभव पनि मिल्नेछ । पार्टनरसँग एक रोमान्टिक कहानी बनाएर आ-आफ्नो रोल बाँड्नुहोस् । बेडरुममा त्यो रोल निभाउँदा तपाईले एक नयाँ अनुभूती प्राप्त गर्नुहुन्छ ।
साथै आफ्नो सेक्स अपिल बढाउनको लागि पारदर्शी कपडाहरु र अन्तवस्त्रहरुको सहारा लिएमा पनि यौनसम्बन्ध सुखद हुन्छ । त्यस्तै बाथरुममा सँगै नुहाउनु पनि यौन चाहना बढाउने एक नयाँ तरिका हुन सक्छ । बाथरुममा राम्रो पफ्र्यम स्प्रे गर्नुहोस् र बाथटबमा सँगसँगै नुहाउनुहोस् ।
तनावमुक्त सेक्स, पोर्नको लत र स्वस्थ खाना
युवाहरुमा कामको तनाव र थकानले सेक्सलाई वेस्वादको बनाइदिन्छ । विस्तारै सम्बन्धले पनि आफ्नो आकर्षण गुमाउन थाल्छ । यसैले कुनै पनि तरिकाले आँफैलाई तनावमुक्त बनाउनुहोस् र मात्रै सेक्सको मजा लिन सक्नुहुन्छ ।
जब तपाईं तनावमुक्त हुनुहुन्छ तबमात्रै आफ्नो यौनसाथीको चाहना बुझ्न सक्नुहुन्छ र उनीहरुलाई यौनको पुरा आनन्द दिन सक्नुहुन्छ । तर जब एक साथी असन्तुष्ट हुन्छ त्यतिखेर यौनको आनन्द एकतर्फी र अधुरो हुन्छ । त्यसैको रिसले त्यो सम्बन्धलाई बिगार्न पनि सक्छ ।
यौनको स्वस्थ खाना र स्वास्थ्यसँग पनि सम्बन्ध हुन्छ । त्यसैले स्वास्थ्यको लागि पनि तपाई यदि सेक्स गर्न चाहनुहुन्छ भने कम खाना खानुहोस् वा एक घन्टा अगाडिनै खाना खानुहोस् भनेर सल्लाह दिइन्छ । यसले बेडमा तपाईलाई आलस्यता आउँदैन ।
पोर्नको लतलाई लिएरसेक्स एक्सपर्टहरुले एक सीमासम्म पोर्न फिल्म हेर्नु यौनसम्बन्धको लागि राम्रो भएको बताउँछन् ।
तपाइँको प्रतिक्रिया