यस वर्ष प्रसिद्ध विक्रम बाबा मेला चैत ५ गते देखि शुरु हुने

एटुजेड समाचार

चितवन – बिक्रम बाबा मन्दिर मा हुने वार्षिक पूजा–आराधना यस वर्ष चैत ५ गतेदेखि सुरु हुने भएको छ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको कसरा क्षेत्रमा अवस्थित उक्त मन्दिरमा आयोजना गरिने वार्षिक धार्मिक कार्यक्रमको मिति स्थानीय बासिन्दा तथा सरोकारवालासँग गरिएको छलफलपछि तय गरिएको हो।

आयोजकका अनुसार हरेक वर्षजस्तै यस वर्ष पनि हजारौँ भक्तजन मन्दिरमा पुगेर पूजा आराधना गर्ने अपेक्षा गरिएको छ। सो अवसरमा धार्मिक विधि विधानअनुसार विशेष पूजापाठ तथा दर्शनको व्यवस्था गरिने बताइएको छ।

कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायले सुरक्षा, यातायात व्यवस्थापन तथा आवश्यक अन्य तयारी सुरु गरिसकेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु