चितवन–१ मा हरि ढकालको फराकिलो अग्रता

एटुजेड समाचार

चितवन – चितवन–१ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालले फराकिलो अग्रता बनाएका छन्। हालसम्म ६३,०७८ मत गणना हुँदा ढकालले ३८,७८६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९,००८ मत पाएका छन्। ढकाल र बुर्लाकोटीबीच हाल २९,७७८ मतको अन्तर रहेको छ।
यस्तै, नेकपा (एमाले)का दावा दोर्जे लामाले ७,९८७ मत प्राप्त गरेका छन् भने नेकपाका कृष्ण पन्तले ३,२२४ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलराम खनालले १,६७२ मत प्राप्त गरेका छन्। चितवन–१ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु