रुकुम पुर्व भुमेको ४ वडाको मत सार्वजनिक, प्रचण्ड एक हजार मतले अग्रता

एटुजेड समाचार

रुकुम – रुकुम पूर्वमा भुमे गाउँपालिकाको ४ वटा वडाको मतगणना सकिएको छ। भुमेको १, २, ३ र ४ नम्बर वडाको २ हजार ६३५ मत गणना गर्दा नेकपाका संयोजक एवं उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ।

यस्तै, नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभएको छ।

उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७ र नेसनल मंगोल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत प्राप्त गर्नुभएको छ।

जम्मा ८६ मत बदर भएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु