भरतपुर – चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा सञ्चालन भएको पाँचदिने बेसिक नेल आर्ट तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि घिमिरेले आफूले सिकेका सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अनुरोध समेत गर्नुभयो ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सचिव गोमा कुमारी खड्काले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट चितवन उद्योग संघ कार्यसमिति सदस्य सृजना सोतीले आफ्ना भनाईहरु राख्नुभएको थियो ।
पाँचदिनसम्म चलेको तालिममा आयुषा रिमाल र सुनिता विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो । तालिम अवधिभर उत्कृष्ट सहभागीको रुपमा पर्न सफल भरतपुर–११, चितवन निवासी, प्रियुशा परियारलाई स्वस्ती व्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको तर्फबाट निःशुल्क रुपमा एडभान्स तालिम प्रदान गर्ने घोषणा समेत गरिएको थियो ।
चितवन उद्योग संघकी कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।


