त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै टर्किस एयरको विमानमा समस्या देखिएको छ। टर्कीको इस्तानबुलका लागि दिउँसो १ बजेर २८ मिनेटमा उडेको विमानको दुई मिनेटमै एउटा इन्जिन फेल भएको थियो।
उडेलगत्तै एउटा इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरणका लागि काठमाडोंको आकाशमा केहीबेर फन्को मारेको थियो। ‘यहीँ अवतरण गर्ने भन्ने थियो, पछि कोलकाता गयो।’
विमानस्थल कार्यालयका एक अधिकारीले भने। एउटै इन्जिनले पनि उडान भर्न सक्ने र थप समस्या नदेखिएपछि कोलकातामा अवतरणका लागि विमान त्यसतर्फ गएको विमानस्थल कार्यालयले जनाएको छ।


