एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेलीराष्ट्रपति इमानुएल म्याक्रोनले प्रश्ताव गरेको जी–७ को आपतकालीन शिखर सम्मेलनमा आफू सहभागी नहुने बताउनुभएको छ ।
स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको भ्रमण अगाडि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डाभोसमा आफ्ना धेरै बैठकहरू तय भएको र त्यसमा ग्रीनल्याण्डसँग सम्बन्धित छलफलहरू पनि समावेश रहेको जानकारी दिनुभयो ।
अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्ने सम्झौता नभएसम्म युरोपेली देशहरूमा थप कर लगाउने धम्की दिएपछि युरोपेली नेताहरूसँगको तनावका बीच ट्रम्पले आफ्नो प्रत्यक्ष संलग्न व्यक्तिहरूसँग बैठकहरू रहेको बताउनु भयो ।


