काठमाडौँ – सुनको मूल्य लगातार उकालो लागेको छ । आज बुधबार (माघ ७)मा पनि प्रती तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ ।
यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।


