गगन थापाले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक

एटुजेड समाचार

काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक आह्वान भएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् ।

बुधबार बिहान ११ बजेका लागि समिति बैठक आह्वान भएको समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ । समयको दबाबमा रहेको समितिका संयोजक थापाले बैठक बोलाएका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु