ग्रीनल्याण्ड स्कुलमा खेलकुद सम्मेलन सुरु, तीन दिनसम्म दर्जन बढी खेल खेलाईने

एटुजेड समाचार

भरतपुर – ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा वार्षिक खेलकुद सम्मेलन सुरु भएको छ ।

स्कुल परिसरमा नै आज (बुधबार) बाट सुरु भएको खेलकुद सम्मेलनको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे ।

सो क्रममा कार्कीले स्कुलले शैक्षिक कृयाकलापसहित खेलकुदलाई पनि महत्त्व दिएको भन्दै खुशी व्यक्त गरे । स्कुलदेखि नै खेलकुदको ग्रास रुट सुरु उनको भनाइ थियो । सबै स्कुलले यसरी नै खेलकुदलाई प्राथमिकता दिन सके प्रतिभावना खेलाडी उत्पादनमा कोशेढुङ्गा साबित हुने उनको भनाइ थियो ।

स्कुलकी प्राचार्य इन्दिरा कार्कीले खेलकुद र शैक्षिक कृयाकलापलाई स्कुलले सँगसँगै अघि बढाएको बताईन् । खेलकुदमा लाग्दा पढाई बिग्रिन्छ भन्ने भाश्य परिवर्तन गर्नुपर्ने जरुरी औंल्याउँदै कार्कीले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसारको खेलमा मेहेनत गरेर अघि बढ्न सुझाव दिईन् ।

यस्तै सोही कार्यक्रमकाबीच ईन्टर स्कुल फुटसलमा दोस्रो भएको ग्रीनल्याण्डका खेलाडी र प्रशिक्षकहरुलाई सम्मानित गरिएको थियो ।

Forbes

आजबाट सुरु भएको खेलकुद सम्मेलन तीन दिनसम्म चल्नेछ । जसमा दर्जन बढी खेलहरु खेलाइने स्कुलले जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु